रानीपोखरी सर्वसाधारणका लागि खुला

हिमाल प्रेस ११ चैत २०७९ ७:१७ | Saturday, March 25, 2023
रानीपोखरी सर्वसाधारणका लागि खुला

काठमाडौँ- ऐतिहासिक तथा पुरातात्त्विक महत्त्वको सम्पदा रानीपोखरी सर्वसाधारणका लागि खुला गरिएको छ।

काठमाडौँ महानगरपालिकाले रानीपोखरी बिहान ६ बजेदेखि साँझ ८ बजेसम्म सर्वसाधारणका लागि खुला गरेको हो। महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले निःशुल्क रूपमा घुमफिर तथा अवलोकन गर्न रानीपोखरी खुला गरेको जानकारी दिए। शान्तिसुरक्षा तथा सामाजिक वातावरणमा असर नपरेमा ३६५ दिन नै रानीपोखरी खुला हुने उनले बताए।

यसअघि रानीपोखरी तिहारको बेला भाइटीकाको दिन मात्र सर्वसाधारणका लागि खुला गरिन्थ्यो।

२०७२ को भूकम्पले क्षति पुगेपछि पुनर्निर्माण गरी रानीपोखरीलाई पुरानै स्वरूप दिइएको थियो। तत्कालीन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले २०७८ पुस ८ मा महानगरलाई रानीपोखरी हस्तान्तरण गरे पनि सर्वसाधारणका लागि खुला गरिएको थिएन।

भूकम्प गएकै वर्ष २०७२ माघ २ गते राष्ट्रिय भूकम्प दिवसका अवसरमा रानीपोखरी निर्माणको शिलान्यास गरिएको थियो भने २०७७ कात्तिक ५ गते उद्घाटन गरिएको थियो।

कान्तिपुरका तत्कालीन राजा प्रताप मल्लले विसं १७२६ मा रानीपोखरी निर्माण गर्न लगाएका थिए।

प्रकाशित: ११ चैत २०७९ ७:१७ | Saturday, March 25, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast