रवि लामिछाने फेरि जितेर संसद् आउनुहुनेछ : डीपी अर्याल

हिमाल प्रेस ६ चैत २०७९ १५:४८ | Monday, March 20, 2023
रवि लामिछाने फेरि जितेर संसद् आउनुहुनेछ : डीपी अर्याल फाइल तस्बिर

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डीपी अर्यालले पार्टी सभापति रवि लामिछानेले चितवन-२ बाट पुन:निर्वाचित भएर आउने बताएका छन्। सोमबार प्रधानमन्त्रीले विश्वासको मत माग्ने प्रस्तावमाथि छलफलमा सहभागी भएका अर्यालले यस्तो बताएका हुन्।

नेपालमै पसिना बगाउन खोज्नेलाई सारा शक्ति खर्चेर लखेट्ने काम भइरहेको उनको आरोप छ।

‘यो युवा पुस्ताको मुलुकबाहिर रहेर पसिना बगाएका नेपालीहरूको मुलुकभित्रै सम्भावना खोज्ने प्रयासलाई भएभरको शक्ति लगाएर लखेट्न खोजियो। विश्वास छ सार्वभौम जनताको सर्वाधिक मतान्तरबाट विजयी पार्टी सभापतिलाई पुनः अघिल्लो पटकभन्दा अत्याधिक मतान्तरले विजयी गराएर फेरि पठाउने नै छ, यसमा हामी पूर्ण विश्वस्त छौँ’ उनले भने।

नागरिकताको विषयमा मुद्दा परेपछि लामिछानेको सांसद पद खारेज भएको थियो। अहिले उनले पुन: नागरिकता लिइसकेका छन्।

 

प्रकाशित: ६ चैत २०७९ १५:४८ | Monday, March 20, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast