रञ्‍जिताको प्रश्‍न- पहिचान माग्‍दा नागरिकले ज्यान गुमाउनुपर्ने अवस्था कहिलेसम्म?

हिमाल प्रेस १५ चैत २०७९ १५:३३ | Wednesday, March 29, 2023
रञ्‍जिताको प्रश्‍न- पहिचान माग्‍दा नागरिकले ज्यान गुमाउनुपर्ने अवस्था कहिलेसम्म?

काठमाडौँ– नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष एवम् सांसद रञ्जिता श्रेष्ठले नेपालमा पहिचानवादीहरूलाई सरकारले दमन र हस्तक्षेप गरेको आरोप लगाएकी छन्।

बुधबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले यस्तो बताएकी हु्न्। ‘नागरिकले पहिचान माग्दा सरकारले दमनकारी कदम चाल्छ। नागरिकको हत्या गर्छ र आफैं सहिद घोषणा गरेर केही लाख रुपैयाँ क्षतिपूर्ति दिएकोजस्तो गर्छ। यो अवस्था कहिलेसम्म हो?,’ उनले भनिन्,’कोशी प्रदेशमा पहिचान माग्दा पदम लिम्बूले ज्यान गुमाउनु पर्‍यो। उनी सहिद भए। रेशम चौधरीले पनि पहिचान माग्दा उनलाई झुटा मुद्दा लगाएर कारागारमा राखिएको छ। पहिचान अपमान हो कि सम्मान हो? पहिचान माग्‍दा नागरिकले ज्यान गुमाउनुपर्ने अवस्था कहिलेसम्म?’

०५७ सालमा पहाडबाट तराई झरेकाहरू जनप्रतिनिधिमा निर्वाचित भइसकेको तर ०५७ सालमा मुक्त घोषणा गरिएको कमलरीहरूको अवस्था अझै पनि उस्तै रहेको उनको भनाइ छ। उनले भारतीय सीमाबजार क्षेत्रमा नेपाली रुपैयाँ चलेकोतर्फ सभामुखसमक्ष ध्यानाकर्षण गराइन्।

प्रकाशित: १५ चैत २०७९ १५:३३ | Wednesday, March 29, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + 18 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast