कीएभ- युक्रेनले सन् २०२३ मा चार करोड ५० लाख टन खाद्यान्न उत्पादन गर्ने बताएको छ। युक्रेनका प्रधानमन्त्री डेनिस इस्मिहलले यो वर्ष चार करोड ५० लाख टन खाद्यान्न र गेडागुडी उत्पादन गर्ने लक्ष्य राखेको बताएका हुन्। ‘युक्रेनलाई आवश्यक खाद्यान्न अघिल्लो वर्षजस्तै यस वर्ष पनि पूर्णरूपमा उपलब्ध गराइनेछ,’ इस्मिहललाई उद्धृत गर्दै सरकारी प्रेस सेवाले उल्लेख गरेको छ।
युक्रेनको कृषि मन्त्रालयका अनुसार गतवर्ष युक्रेनका किसानले पाँच करोड ३९ लाख टन खाद्यान्न र गेडागुडी उत्पादन गरेका थिए। रासस/एएफपी
प्रकाशित: ११ चैत २०७९ २१:४० | Saturday, March 25, 2023
प्रतिक्रिया




