यस्तो छ ‘मुन्द्रेको कमेडी क्लब सिजन ३’ को प्रोमो

हिमाल प्रेस १ चैत २०७९ १३:३५ | Wednesday, March 15, 2023
यस्तो छ ‘मुन्द्रेको कमेडी क्लब सिजन ३’ को प्रोमो

काठमाडौँ- चैत २ गते अर्थात् भोलिदेखि प्रसारण हुने कमेडी शो ‘मुन्द्रेको कमेडी क्लब सिजन ३’ को प्रोमो सार्वजनिक भएको छ। तेस्रो सिजनको पहिलो एपिसोडमा कलाकार प्रदीप खड्का अथितिको रूपमा उपस्थिति भएका छन्।

दिनेश डीसीको निर्देशनमा तयार भएको कार्यक्रमका सञ्चालक हास्यव्यंग्य कलाकार जितु नेपाल (मुन्द्रे) हुन्।

नायिका प्रियंका कार्कीको अध्यक्षतामा हरेक हप्ताको बिहीबार राति ९ बजे कान्तिपुर टेलिभिजनबाट शो प्रसारण हुनेछ। निर्माण पक्षले ५२ एपिसोडसम्म शो प्रसारण गर्ने तयारी गरेको छ।

कार्यक्रममा हास्यव्यंग्य कलाकार एलिना बाँस्कोटा ‘सान्नानी’, दमन रुपाखेती, राजेन्द्र नेपाली ‘लट्टे’, प्रभात लामा, श्याम राना, दिनेश काफ्लेको प्रस्तुति रहनेछ।

प्रकाशित: १ चैत २०७९ १३:३५ | Wednesday, March 15, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast