यस्तो छ ‘नाई नभन्नु ल ६’ को ट्रेलर

हिमाल प्रेस १६ चैत २०७९ १५:०९ | Thursday, March 30, 2023
यस्तो छ ‘नाई नभन्नु ल ६’ को ट्रेलर

काठमाडौँ- विकासराज आचार्य निर्देशित फिल्म ‘नाई नभन्नु ल ६’ को ट्रेलर सार्वजनिक भएको छ। बिहीबार ओएसआर डिजिटल युट्युब च्यानलबाट ट्रेलर सार्वजनिक गरिएको छ।

दुई मिनेट ४३ सेकेन्डको ट्रेलरमा फिल्मका कलाकार आँचल शर्मा, आशीर्वाद बी क्षेत्री, अनुभव रेग्मी, खड्गबहादुर पुन (खबपु) सरोज खनाल, प्रियंका कार्कीलगायत अटाएका छन्। फिल्म सन्देश शाहको सम्पादन र पुरुषोत्तम प्रधानको छायांकनमा बनेको छ।

निर्देशक आचार्यसहित सामिप्य तिमल्सिना, अरुणदेव जोशीको पटकथामा बनेको फिल्म आगामी नयाँ वर्ष अर्थात् वैशाख १ गते प्रदर्शन हुनेछ।

सोही मितिमा उपेन्द्र सुब्बा निर्देशित ‘जारी’ र प्रवेश पौडेल निर्देशित ‘बिहे पास’ र लक्ष्मण सुनारको निर्देशन रहेको ‘बुलाकी’ पनि एकैसाथ प्रदर्शनको तयारीमा छन्।

प्रकाशित: १६ चैत २०७९ १५:०९ | Thursday, March 30, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast