यस्तो छ ‘दिलमाया २’ को टिजर

हिमाल प्रेस २१ फागुन २०७९ १६:५० | Sunday, March 5, 2023
यस्तो छ ‘दिलमाया २’ को टिजर

काठमाडौँ– फिल्म दिलमाया २ को टिजर सार्वजनिक भएको छ। टिजर बुढासुब्बा डिजिटल युट्युब च्यानलबाट सार्वजनिक भएको हो।

१ मिनेट ४८ सेकेन्डको टिजरमा कलाकार किरण नेपाली र सेन्जल पौडेल, सबिन बास्टोलालगायत कलाकारको फिचर्ड छ।

फिल्ममा किरण, सेन्जल र सबिनसहित राजु गिरी, अस्मिता बस्नेत, नारायण खाती, हिरादेवी श्रेष्ठ, माया श्रेष्ठ, काजल गिरी, कंगना गिरी, कमल वली, बाबुरमा शाक्यलगायतको अभिनय छ।

राजु गिरीको लेखन तथा निर्देशनमा तयार भएको फिल्म आगामी असार २९ गते प्रदर्शन हुनेछ। लभस्टोरी जनरामा निर्माण भएको फिल्म ‘दिलमाया’को सिक्वेलको रूपमा निर्माण भएको हो।

प्रकाशित: २१ फागुन २०७९ १६:५० | Sunday, March 5, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast