यस्तो छ आजको मौसम

हिमाल प्रेस १६ चैत २०७९ ७:०७ | Thursday, March 30, 2023
यस्तो छ आजको मौसम

काठमाडौँ- गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका बाँकी प्रदेशका पहाडी क्षेत्रमा आज आंशिकदेखि सामान्य मौसम बदली हुनेछ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाकाअनुसार आज देशका पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव छ। भोलि (शुक्रबार) दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली भइ पहाडी भूभागका थोरै स्थानहरुमा साथै तराई भूभागका एक/दुई स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ।

राति कोशी र मधेश प्रदेशसहित देशका पहाडी भूभागका थोरै स्थानमा तथा बाँकी तराईका एक/दुई स्थानमा मेघगर्जन रचट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने महाशाखाले जनाएको छ।

शनिबार पनि देशभर सामान्यदेखि पूर्ण बदली हुनेछ। पहाडी भूभागका केही स्थानहरुमा साथै तराई भूभागका थोरै स्थानमा मेघ गर्जन रचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

प्रकाशित: १६ चैत २०७९ ७:०७ | Thursday, March 30, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast