यस्तो छ आजको मौसम

हिमाल प्रेस १४ चैत २०७९ ७:०६ | Tuesday, March 28, 2023
यस्तो छ आजको मौसम फाइल तस्बिर।

काठमाडौँ- स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभावले हाल देशका सुदूरपश्चिम, कर्णाली, गण्डकी तथा प्रदेश १ का पहाडी भेगमा आंशिक (आकाशमा थोरै बादल)देखि सामान्य बदली (आकाशमा धेरैजसो बादल) रही बाँकी स्थानमा मौसम सामान्यतया सफा छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहने छ।

यस क्रममा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भेगका थोरै स्थानमा र देशका बाँकी पहाडी क्षेत्रका एक दुई स्थानमा मेघगर्जनरचट्याङसहित हल्का वर्षाको सम्भावना छ।

महाशाखाका अनुसार आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भेगका आंशिक बदली रही देशका बाँकी स्थानमा मौसम सामान्यतया सफा रहने छ। यस क्रममा कोशी र गण्डकी प्रदेशका पहाडी क्षेत्रका एक/दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ।

प्रकाशित: १४ चैत २०७९ ७:०६ | Tuesday, March 28, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + 18 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast