काठमाडौँ- हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशको पहाडी भूभागहरूमा आंशिक बदली रहने छ। कोशी प्रदेशलगायत बागमती प्रदेशको पहाडी भूभागका थोरै स्थानमा अपराह्णतिर मेघ गर्जन र चट्याङसहित क्षणिक र हल्का वर्षाको सम्भावना रहेको छ।
राती देशको पहाडी भूभागहरूमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङसहित क्षणिक र हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
प्रकाशित: १ चैत २०७९ ७:०९ | Wednesday, March 15, 2023
प्रतिक्रिया




