फाइल तस्बिर।
काठमाडौँ- हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। देशको पहाडी भूभागका केही स्थानहरुमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागहरूको मौसम आँशिक बदलीदेखि सामान्यतया सफा रहेको छ।
आज दिउँसो देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली तथा बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। देशका पहाडी भूभागका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित क्षणिक/हल्का वर्षाको सम्भावना छ।
आज राति गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशका पहाडी भू/भागमा एक/दुई स्थानमा मेघ गर्जन र चट्याङसहित क्षणिकरहल्का वर्षाको सम्भावना छ।
प्रकाशित: २९ फागुन २०७९ ७:०२ | Monday, March 13, 2023
प्रतिक्रिया




