यस्तो छ आजको मौसम

हिमाल प्रेस २७ फागुन २०७९ ६:५३ | Saturday, March 11, 2023
यस्तो छ आजको मौसम फाइल तस्बिर। हिमाल प्रेस

काठमाडौँ- आज बिहान देशका पहाडी भेगमा आंशिक बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी भेगमा आंशिकदेखि सामान्य बदली (आकाशमा बादल) तथा बाँकी स्थानमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ।

कोशी र गण्डकी प्रदेशका पहाडी क्षेत्रका एक दुई स्थानमा भने मेघगर्जन र चट्याङसहित क्षणिक र हल्का वर्षाको सम्भावना छ।

यस्तै आज राति देशका पहाडी भेगमा आंशिक बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ। महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव छ।

प्रकाशित: २७ फागुन २०७९ ६:५३ | Saturday, March 11, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast