काठमाडौँ- सेतो मच्छिन्द्रनाथ रथयात्राका लागि रथ तयार हुँदैछ। वर्षा र सहकालका देवता मानिने आर्या अवलोकितेश्वर अर्थात् सेतो मच्छिन्द्रनाथको रथयात्रा चैत १५ गते सुरु हुनेछ। चैत्र शुक्ल अष्टमीको दिनदेखि सुरु हुने सेतो मच्छिन्द्रनाथको रथयात्राको लागि दरबारमार्गस्थित तीनधारा पाठशाला अगाडि ३२ फुट अग्लो रथ तयार गरिँदैछ।
रथयात्राको पहिलो दिन रथलाई तीनधारा पाठशालाबाट भोटाहिटी हुँदै असनमा पुर्याइन्छ। दोस्रो दिन रथ हनुमानढोका र तेस्रो अर्थात् रथयात्राको अन्तिम दिन हनुमानढोकाबाट रथलाई लगनटोल पुर्याएर जात्रा सम्पन्न गरिन्छ।













प्रकाशित: १२ चैत २०७९ १६:३७ | Sunday, March 26, 2023
प्रतिक्रिया






