३११ रन पछ्याएको नेपालले २६९ रनमै कसरी हरायो यूएईलाई?

हिमाल प्रेस २ चैत २०७९ १८:२४ | Thursday, March 16, 2023
३११ रन पछ्याएको नेपालले २६९ रनमै कसरी हरायो यूएईलाई?

काठमाडौँ- बिहीबार भएको विश्वकप छनोट अन्तर्गत लिग–२ को अन्तिम खेलमा नेपालले यूएईलाई ९ रनले पराजित गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको युएईले नेपाललाई ३११ रनको लक्ष्य दिएको थियो।

जवाफी ब्याटिङ गरेको नेपालले ४४ ओभरमा २६९ रन बनाएको थियो। बलिङमा भएको ढिलाइका कारण मैदानमा प्रकाशको कमी हुँदा अम्पायरले खेल समाप्त गर्ने निर्णय गरे ।

डीएलएस मेथडअनुसार पछि ब्याटिङ गरेको नेपालले ९ रनले जितेको आईसीसीले जानकारी दिएको छ। प्राय:  पछि ब्याटिङ गर्ने टिमले विकेटले जित्दै आएकोमा बिहीबार खेलमा पछि ब्याटिङ गरेको टिमले समेत रनले कसरी जित्यो भन्नेमा धेरै अन्योल देखिन्छन्।

समयमा खेल नसकिएमा, खेल चलिरहेका समयमा पानी परेमा वा प्रकाशको कमीका कारण खेलमा असर पर्ने देखिएमा खेल निर्णायक हुँदैन। खेललाई निर्णायक बनाउन आईसीसीले डक्वर्थ लुईस स्टर्न (डीएलएस) मेथड अपनाउने गरेकाे छ।

सो नियमअनुसार पछि ब्याटिङ गर्ने टिमले खेलेको ओभरसम्ममा गएको विकेटसमेतको तुलना गरेर हिसाब गरिन्छ। सो नियमअनुसार नेपालले खेल जित्न ४४ ओभरमा २६० रन बनाउन आवश्यक थियो। तर, त्यतिबेला नेपालले २६९ रन बनाइसकेको थियो।

सोही अनुसार नेपालले ९ रनको जित हात पारेको हो। यो जितसँगै नेपालले आगामी जुन महिनामा जिम्बाबेमा हुने विश्वकप क्वालिफायर छनोट खेल खेल्नेछ। लिग–२ बाट यसअघि नै स्कटल्याण्ड र ओमान छनोट भइसकेका छन्।

प्रकाशित: २ चैत २०७९ १८:२४ | Thursday, March 16, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast