मोरङको सुकुना क्याम्पसमा अनेरास्ववियूको जित

हिमाल प्रेस ७ चैत २०७९ १३:११ | Tuesday, March 21, 2023
मोरङको सुकुना क्याम्पसमा अनेरास्ववियूको जित

मोरङ- मोरङको दोस्रो ठूलो क्याम्पस सुकुना बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियूका सन्तोष लिम्बू पुनः निर्वाचित भएका छन्।

लिम्बूले १ हजार ३ सय ८२ मत ल्याएर सभापतिमा निर्वाचित हुँदा एमाले निकटको अनेरास्ववियुका मनोज कार्कीले ६५७ मत पाएका छन्।

यसअघि २०७३ सालमा भएको निर्वाचनमा पनि लिम्बू नै विजयी भएका थिए। स्ववियु सचिवमा भने एमाले निकट अनेरास्ववियुका एलिस ओझा निर्वाचित भएका छन्। ओझाले १ हजार १४ मत प्राप्त गर्दा नेविसंघका निराजन धमलाले एक हजार ६ मत मात्रै ल्याएका छन्।

कोषाध्यक्षमा अखिल क्रान्तिकारीका सतिस कार्की निर्वाचित भएका छन्।

प्रकाशित: ७ चैत २०७९ १३:११ | Tuesday, March 21, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast