 
                             
                                            काठमाडौँ– नेपाल मेडिकल काउन्सिलले ४३ विधामा सञ्चालन गरेको २५औं विशेष परीक्षामा ७१.४३ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन्।
शुक्रबार सञ्चालित उक्त परीक्षामा ४२० जना परीक्षार्थीहरू सहभागी भएकामध्ये ३ सय जना उत्तीर्ण भएका हुन्। परीक्षामा ११९ जना अनुत्तीर्ण र १ जनाको नतिजा रोक्का भएको काउन्सिलले जनाएको छ।
यसअघि ०७९ साल मंसिर ९ गते गते लिइएको विशेषज्ञ दर्ता प्रमाण पत्र परीक्षामा ७४.१६ प्रतिशतप्रतिशत सहभागी उत्तीर्ण भएका थिए। नतिजामा चित्त नबुझे परीक्षार्थीले पूनर्योगका लागि १ हजार ५ सय रुपैयाँ दस्तुर बुझाई आवेदन दिन सक्नेछन्।
                            प्रकाशित: १७ चैत  २०७९ १९:०४ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 