मुलुकमा साम्प्रदायिकताको कुनै स्थान छैन : ओली

हिमाल प्रेस ११ चैत २०७९ १२:३५ | Saturday, March 25, 2023
मुलुकमा साम्प्रदायिकताको कुनै स्थान छैन : ओली एमाले अध्यक्ष केपी शर्मा ओली।

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकमा साम्प्रदायिकताको कुनै स्थान नभएको बताएका छन्।

कुनै पनि समस्या समाधान नहुने भएकाले मुलुकमा साम्प्रदायिकताको नारा लगाउनुको कुनै अर्थ नरहेको ओलीको भनाइ थियो।

शनिबार काठमाडौंमा आयोजित पार्टीनिकट जनवर्गीय संगठन रिटर्नी फेडेरेशन नेपालको प्रथम अधिवेशन उद्घाटन गर्दै उनले विदेशमा काम गरेर फर्केकाहरूले बनाएको संगठन रिटर्नी फेडेरेशनका नेतृत्वले उनीहरूको समस्या समाधानका लागि मिलेर काम गर्नुपर्ने बताए।

विदेशमा बसेर फर्केकाहरूले केही ज्ञान, केही सीप, केही संकल्प र अठोट लिएर आएको हुने भन्दै अध्यक्ष ओलीले त्यसलाई मुलुक निर्माणको काममा लगाउन फेडेरेसनको नेतृत्वलाई निर्देशन दिए।

अध्यक्ष ओलीले नेपाल बसोबासको हिसाबले स्वर्ग भएको उल्लेख गर्दै यही केही गर्न सकिन्छ भन्ने भावनाका साथ विदेशबाट फर्किएकाहरूले काम गर्नुपर्ने बताए।

‘तापक्रमको हिसाबले, बसाइको हिसाबले नेपाल स्वर्ग हो। कामको हिसाबमा हामी विदेशमा जानुपरेको छ। स्वदेश फर्किँदा केही ज्ञान, केही सीप, केही संकल्प, केही अठोट बोकेर आएका हुन्छौँ।’

प्रकाशित: ११ चैत २०७९ १२:३५ | Saturday, March 25, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast