मुक्तिनाथ विकास बैंकद्वारा सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रम सम्पन्न

हिमाल प्रेस १२ चैत २०७९ १६:३३ | Sunday, March 26, 2023
मुक्तिनाथ विकास बैंकद्वारा सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रम सम्पन्न

काठमाडौँ- मुक्तिनाथ विकास बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रम सम्पन्न गरेको छ। बैंकले पोखरा महानगरपालिका–२६, ढलेपिपलस्थित भूतपूर्व सैनिक कृषि समूहलाई फोहोरमैला व्यवस्थापनका लागि डस्टबिन हस्तान्तरण कार्यक्रम गरेको छ।

त्यस्तै ट्राफिक कार्यालय कास्कीलाई ट्राफिक नियम पालना गर्नुपर्ने सम्बन्धी जनचेतनामुलक सन्देशमुलक बोर्डहरू हस्तान्तरण गरिएको बैंकले जानकारी दिएको छ।

त्यस्तै बैंकले दाङको घोराही उपमहानगरपालिका–१६, तेरोटेस्थित ज्येष्ठ नागरिक सरोकार केन्द्रलाई सीसीटीभी क्यामेरा जडानका लागि आर्थिक सहयोग गरेको छ।

त्यसैगरी नुवाकोटको विदुर नगरपालिका–९ पिपलटारमा रहेको खानेपानीको समस्या समाधान गर्न बैंकले पिपलटार खानेपानी आयोजना उपभोक्ता समितिलाई आर्थिक सहयोग पनि गरेको बैंकको भनाइ छ।

प्रकाशित: १२ चैत २०७९ १६:३३ | Sunday, March 26, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast