मिलन पाण्डेलाई कांग्रेसको चिन्ता, दिए सुझाव

हिमाल प्रेस १७ चैत २०७९ १०:३१ | Friday, March 31, 2023
मिलन पाण्डेलाई कांग्रेसको चिन्ता, दिए सुझाव

काठमाडौँ- विवकेशील-साझाका उपाध्यक्ष मिलन पाण्डेले नेपाली कांग्रेस ‘कि सुधार्न कि सक्नुपर्ने’ टिप्पणी गरेका छन्। आज समाजिक सञ्जालमार्फत लोकतान्त्रिक मूल्यमान्यता, प्रगतिशील मुद्दासहितको पार्टी खोजिरहेका मतदातासँग विकल्प र समय दुवै रहेको पाण्डेले बताएछन्।

उनले एजेन्डाकेन्द्रित राजनीतिका लागि युवा पङ्तिले कि सुधार्नुपर्ने कि फुटाउनुपर्ने सुझाव दिएका छन्।

उनले भनेका छन्, ‘शेखरजी, विश्वप्रकाशजी, गगनजी, प्रदीपजी पार्टीमा निर्णायक हस्तक्षेप गर्नुहोस्। विशेष महाधिवेशनको तयारी गर्नुहोस्।’ उनले थपेका छन्,‘नत्र पार्टी फुटाउनुहोस्।’

स्वर्णिम वाग्लेले कांग्रेस छाडेर तरंगित भइरहेको बेला पाण्डेले युवापंक्तिलाई इंगति गर्दै सुझाव दिएका हुन्।

 

प्रकाशित: १७ चैत २०७९ १०:३१ | Friday, March 31, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast