काठमाडौँ- नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले मिटरब्याज पीडितलाई न्याय दिन सरकारसँग माग गरेकी छन्। आज बुधबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै श्रेष्ठले दोषीलाई कानुनी दायरामा ल्याएर पीडितलाई न्याय दिन माग गरेकी हुन्।
उनले कमैयाका बालबालिकाहरूको हक अधिकार सुनिश्चित गर्न पनि सरकारको ध्यानाकर्षण गराइन। २०५७ सालमा मुक्त भएका कमैयाहरूको पुनर्स्थापनामा सरकारले ध्यान नदिएको उनको आरोप छ।
प्रकाशित: १५ चैत २०७९ १६:१८ | Wednesday, March 29, 2023
प्रतिक्रिया




