मिटरब्याजपीडितसँग छलफल गर्न सरकारले बनायो वार्ता समिति

हिमाल प्रेस १४ चैत २०७९ ११:५० | Tuesday, March 28, 2023
मिटरब्याजपीडितसँग छलफल गर्न सरकारले बनायो वार्ता समिति

काठमाडौँ- सरकारले मिटरब्याज पीडितको समस्या समाधानका लागि वार्ता टोली गठन गरेको छ। सरकारले गृह मन्त्रालयकी सहसचिव रुद्रादेवी शर्माको संयोजकत्वमा वार्ता टोली गठन गरेको हो।

टोलीमा गृह मन्त्रालयकै उपसचिव दिलकुमार तामाङ, प्रधानमन्त्री कार्यालयका उपसचिव उमाकान्त अधिकारी र कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका जंगबहादुर डाँगी सदस्य छन्।

महोत्तरीको बर्दिबासबाट १२ दिनको पैदल यात्रापछि आइतबार बिहान काठमाडौँ आइपुगेका मिटरब्याज पीडितहरूले सोमबार दिनभर नाराबाजी गरेका थिए।

सोमबार राति खुलामञ्चमा बास बस्न चाहेका उनीहरूलाई महानगरपालिकाले रोक लगाएको थियो। यता सरकारले भने तत्काल माग सम्बोधन गर्न नसकिने बताएको छ।

प्रकाशित: १४ चैत २०७९ ११:५० | Tuesday, March 28, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast