मावि र निमावि शिक्षकको विज्ञापनमा एक लाख बढीको आवेदन

प्राविको चैतमा खुल्ने

हिमाल प्रेस २९ फागुन २०७९ १८:५३ | Monday, March 13, 2023
मावि र निमावि शिक्षकको विज्ञापनमा एक लाख बढीको आवेदन

काठमाडौँ- शिक्षक सेवा आयोगले खुलाएको माध्यमिक र निम्न माध्यमिक तहको विज्ञापनमा १ लाख १४ हजार ८०५ जनाले आवेदन दिएका छन्।

आयोगले पुष २५ गते खुलाएको शिक्षक मावि तहको र माघ २७ गते खुलाएको निमावि तहको विज्ञापनमा एक लाख भन्दा बढीले आवेदन दिएका हुन्।

माध्यमिक तह तृतीय श्रेणी खुलातर्फको ६८६ पदको विज्ञापनमा गरेको विज्ञापनमा ३८ हजार ३३१ जनाले आवेदन दिएका छन् भने निमावि तहमा खुलाएको एक हजार ५६ रिक्त दरवन्दीमा ७६ हजार ४७४ जनाले आवेदन दिएका छन्।

आवेदक मध्यबाट निर्धारित समयमा राजस्व बुझाउनेले परीक्षा दिन पाउने आयोगले जनाएको छ। निमावि शिक्षक पदको विज्ञापनमा फागुन २८ गतेसम्म नियमित दस्तुर र चैत ५ गतेसम्म दोब्बर दस्तुरमा आवेदन दिन पाउने आयोगले जनाएको छ।

आयोगले मावि तहमा नेपाली १११, अंग्रेजी ८४, गणित २०८, विज्ञान १९१, सामाजिक अध्ययन ५४, अर्थशास्त्र ८ पदमा, कार्यालय सञ्चालन तथा लेखा विषयको लागि १५ जनाका लागि विज्ञापन गरेको थियो।

यस्तै सुदूरपश्चिम प्रदेशमा शिक्षा विषयको लागि एक, मधेश प्रदेशमा स्वास्थ्य विषयको लागि एक, शुक्लयजुर्वेद विषयको लागि एक, गण्डकी प्रदेशमा कम्युटर विज्ञान विषयको लागि एक र लुम्बिनी प्रदेशमा संस्कृत साहित्यको लागि एक रिक्त दरबन्दीमा विज्ञापन गरेको थियो। संस्कृत व्याकरणको लागि ३ र संस्कृत भाषाको लागि ७ पदमा विज्ञापन गरेको थियो।

यसका साथै प्राथमिक तह तृतीय श्रेणीका शिक्षक पदका लागि आयोगले चैत्र पहिलो साता विज्ञापन खुलाउने भएको छ। आयोगले प्राथमिक तहको विज्ञापन कार्यतालिका भन्दा ढिलो खुलाउने आयोगले जनाएको छ। आयोगको बार्षिक कार्यतालिका अनुसार फागुनमा प्रावि शिक्षक पदको विज्ञापन गर्ने उल्लेख गरिएको थियो।

प्रकाशित: २९ फागुन २०७९ १८:५३ | Monday, March 13, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast