 
                             
                                            काठमाडौँ- माछापुच्छ्रे बैंकले लुलु एक्सचेञ्ज बहराईनसँग सम्झौता गरेको छ। बहराईनमा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई नेपालमा रकम पठाउन सहज होस् भन्ने उद्देश्यले लुलु एक्सचेञ्जसँग सम्झौता गरिएको बैकले जानकारी दिएकाे ५।
सम्झौतापत्रमा लुलु एक्सचेन्जका महाप्रबन्धक एडिसन फर्नान्डेज र बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सर्जुकुमार थापाले हस्ताक्षर गरेका छन्।
सम्झौताअनुसार बहराईनमा बस्ने नेपालीहरूले लुलु एक्सचेन्जको १६ वटा काउन्टरबाट नेपालमा पठाएको रेमिट्यान्स नेपालमा रहेका माछापुच्छ्रे बैंकका जुनसुकै शाखा तथा रेमिट्यान्स एजेन्टबाट भुक्तानी लिन सकिनेछ।
                            प्रकाशित: २१ फागुन  २०७९ १७:२६ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 