माओवादी घटक एक ठाउँमा : २८ गते पत्रकार सम्मेलन, ३० गते संयुक्त अन्तरक्रिया

हिमाल प्रेस २६ फागुन २०७९ ९:५६ | Friday, March 10, 2023
माओवादी घटक एक ठाउँमा : २८ गते पत्रकार सम्मेलन, ३० गते संयुक्त अन्तरक्रिया

काठमाडौँ- प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज (शुक्रबार) बिहान बसेको माओवादी घटकहरूको संयुक्त बैठक सकिएको छ।

बैठकले २८ गते पत्रकार सम्मेलन गर्ने र ३० गते संयुक्त अन्तरक्रिया गर्ने निर्णय गरेको माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा प्रभाकरले जानकारी दिएका छन्।

बैठकमा प्रधानमन्त्री प्रचण्ड, सिपी गजुरेल, नेत्रविक्रम चन्द विप्लव, कृष्णबहादुर महरा, खड्गबहादुर विक प्रकाण्ड, आहुति, कर्णजित बुढाथोकी, हेमन्तप्रकाश ओलीलगायत नेता सहभागी भएका थिए।

सर्वोच्च अदालतमा यही फागुन २३ मा दर्ता द्वन्द्वकालीन दुईवटा मुद्दाले माओवादी धारका पार्टीलाई एकै ठाउँमा भेला गराएको हो। नेकपा माओवादी केन्द्र, नेपाल समाजवादी पार्टी, नेकपा (क्रान्तिकारी माओवादी), नेकपा, नेकपा बहुमत, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेकपा माओवादी समाजवादी र माओवादी कम्युनिस्ट पार्टीले कार्यगत एकता गर्ने निर्णय यसअघि नै गरिसकेका छन्।

विभिन्न समयमा टुटेका माओवादी घटकहरुबीच एकता प्रयास थालिएको हो। यसमा जोडिने पार्टीको संख्या अझै बढ्ने नेताहरू बताउँछन्।

प्रकाशित: २६ फागुन २०७९ ९:५६ | Friday, March 10, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast