तस्बिर : प्रधानमन्त्रीको सचिवालय
काठमाडौँ- प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज पनि माओवादी धारका पार्टीहरूको बैठक बसेको छ।
आज बिहान पौने ९ बजेदेखि बैठक जारी छ।
बैठकमा प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा क्रान्तिकारी माओवादीका नेता सिपी गजुरेल, नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ लगायत सहभागी छन्।
‘जनयुद्धकालीन मुद्दा’का विषयमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष प्रचण्डमाथि सर्वोच्च अदालतमा रिट परेपछि माओवादी धारका दलका नेताहरू यसअघि पनि बालुवाटारमा छलफलमा जुटेका थिए।
प्रकाशित: २६ फागुन २०७९ ९:०२ | Friday, March 10, 2023
प्रतिक्रिया



