माओवादीलाई मुद्दा हाल्नु विस्तृत शान्ति सम्झौता विपरीत : अग्नि सापकोटा

हिमाल प्रेस २७ फागुन २०७९ ११:२० | Saturday, March 11, 2023
माओवादीलाई मुद्दा हाल्नु विस्तृत शान्ति सम्झौता विपरीत  : अग्नि सापकोटा

काठमाडौँ- नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटाले संक्रमणकालिन न्यायसँग सम्बन्धित विषय विस्तृत शान्ति सम्झौताको मर्म र भावना अनुसार अगाडी बढाउनुपर्ने बताएका छन्।

शनिबार जनकपुरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उपाध्यक्ष सापकोटाले नेपाल सरकार र तत्कालिन माओवादी पार्टीका बीचमा २०६३ साल मंसिर ५ गते भएको विस्तृत शान्ति सम्झौताका अनुसार संक्रमणकालिन न्यायको विषय अगाडी बढ्नुपर्ने बताए।

विस्तृत शान्ति सम्झौतामा सत्य निरुपण तथा मेलमिलाप आयोग गठन गरेर शान्ति प्रक्रियाका काम टुंग्याउने भनिएको उल्लेख गर्दै सोही अनुरुप हुनुपर्ने सापकोटाको जोड थियो। उनले द्वन्द्वकालका घटनाहरुको मुद्दा सर्वोच्च अदालतमा दर्ता हुनु विस्तृत शान्ति सम्झौताको विपरित भएको बताए।

उनले देशमा प्राप्त भएका राजनीतिक उपलब्धिलाई उल्ट्याउने कोशिस भएमा नेपाली जनताले त्यसको प्रतिरोध गर्ने बताए।

प्रकाशित: २७ फागुन २०७९ ११:२० | Saturday, March 11, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast