महालक्ष्मी विकास बैंकद्वारा विभिन्न कार्यक्रममा सहयाेग

हिमाल प्रेस १ चैत २०७९ १८:३१ | Wednesday, March 15, 2023
महालक्ष्मी विकास बैंकद्वारा विभिन्न कार्यक्रममा सहयाेग

काठमाडौँ- महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न काममा सहयोग गरेको छ। बैंकले विद्यालय, पार्क र मन्दिरलाई सहयोग गरेको हो।

बैंकको डोटीस्थित पिपल्ला शाखाद्वारा दिपायल सिलगढी नगरपालिका वडा नं ३ मा रहेको दिल्पेश्वर माध्यमिक विद्यालयलाई दुई थान स्टिल पानी ट्यांकी हस्तान्तरण गरिएको छ। विद्यार्थीलाई शुद्ध पिउने पानीको व्यवस्थापनमा सहयोग पुर्‍याउने उद्देश्यले बैंकले उक्त सहयोग गरेको हो।

त्यसैगरी बैंकको मैतीदेवी शाखाले काठमाडौँ महानगरपालिका वडा नं ३० स्थित मैतिदेवी मन्दिर क्षेत्र प्रबन्ध समितिलाई सडक डिभाइडर हस्तान्तरण गरेको छ। मन्दिर वरपरको बाटो अस्तव्यस्त हुने गरी सवारीसाधन पार्किङको समस्या व्यवस्थापनका लागि सडक डिभाइडर प्रदान गरिएको बैंकले जानकारी दिएको छ।

त्यस्तै बैंकको पुतलीसडक शाखाले काठमाडौँ महानगरपालिका वडा नं २८ स्थित झिगु इच्छुमती पार्कका लागि छ थान कुर्सी हस्तान्तरण गरिएको बैंकले बताएको छ। इच्छुमती खोला किनारस्थित उक्त पार्कमा दैनिक आवतजावत गर्ने बटुवालाई आराम गर्न सजिलो होस् भन्ने उद्देश्यले उक्त सहयोग गरिएको बैंकको भनाइ छ।

आगामी दिनहरूमा पनि सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सामाजिक, आर्थिक रूपान्तरणका विभिन्न कार्यक्रमलाई निरन्तर दिइने बैंकले जानकारी दिएको छ।

प्रकाशित: १ चैत २०७९ १८:३१ | Wednesday, March 15, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast