महालक्ष्मी विकास बैंकका ग्राहकलाई मनकामना केबुलकारमा छुट

हिमाल प्रेस ८ चैत २०७९ १६:१४ | Wednesday, March 22, 2023
महालक्ष्मी विकास बैंकका ग्राहकलाई मनकामना केबुलकारमा छुट

काठमाडौँ- महालक्ष्मी विकास बैंकका ग्राहकले मनकामना केबुलकारमा छुट पाउने भएका छन्। त्यसका लागि बैंक र केबुलकार कम्पनीबीच सम्झौता गरिएको छ।

सम्झौताअनुसार बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहकहरूले कुरिन्टारमा सञ्चालित केबुलकारका सेवामा छुट पाउनेछन्।

बैंकका ग्राहकले केबुलकार सेवामा १० प्रतिशतसम्म छुट पाउने बैंकले जानकारी दिएको छ। उक्त सहकार्यबाट बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ता ग्राहक लाभान्वित हुने विश्वास बैंकले लिएको छ।

प्रकाशित: ८ चैत २०७९ १६:१४ | Wednesday, March 22, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast