मलको मूल्य घटाउन सरकारसमक्ष एकीकृत समाजवादी निकट युवा संघको माग

हिमाल प्रेस १ चैत २०७९ ११:१९ | Wednesday, March 15, 2023
मलको मूल्य घटाउन सरकारसमक्ष एकीकृत समाजवादी निकट युवा संघको माग

काठमाडौँ- नेकपा ‍एकीकृत समाजवादी‍ निकट युवा संघ नेपालले रासायनिक मलको मूल्य बढाउने सरकारको निर्णयको विरोध जनाएको छ। युवा संघले मूल्य तत्काल नघटाए आन्दोलित हुने चेतावनी दिएको छ।

संघका प्रवक्ता सन्जिप राईले बहाना देखाएर किसानलाई वितरण गरिने मल अनुदानमा मूल्य वृद्धि गर्नुले किसान मार्ने काम भएको आरोप लगाएका छन्।  राईले सामाजिक सन्जालमार्फत सरकारलाई खबरदारी गरेका हुन्।

उनले कृषि प्रधान देश भनेर क्रान्तिकारी नारा लगाउनेहरू नै किसानको विपक्षमा निर्णय गर्न लागिपरेको जनाएका छन्। केही दिनअघि सरकारले रासायनिक मलको मूल्यमा वृद्धि गरेको हो। मल आपूर्ति तथा वितरण व्यवस्थापन समितिको बैठकले युरियाको मूल्य प्रतिकिलो ११ रुपैयाँ, डीएपीको मूल्य प्रतिकिलो सात रुपैयाँ र पोटासको मूल्य प्रतिकिलो नौ रुपैयाँ बढेको हो।

सरकारको यो निर्णयको अन्य निकायबाट पनि विरोध भइरहेको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीले भने सरकारको निर्णयको विरोध गर्दै धर्ना दिने कार्यक्रम तय गरेको छ।

प्रकाशित: १ चैत २०७९ ११:१९ | Wednesday, March 15, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast