मन्त्री र उच्चपदस्थ कर्मचारीलाई विदेश जान रोक

हिमाल प्रेस १ चैत २०७९ १६:३४ | Wednesday, March 15, 2023
मन्त्री र उच्चपदस्थ कर्मचारीलाई विदेश जान रोक

काठमाडौँ- सरकारले मन्त्रीलगायत उच्चपदस्थ सरकारी अधिकारीलाई वैदेशिक भ्रमणमा जान रोक लगाएको छ। सञ्चार तथा सूचनाप्रविधि मन्त्री रेखा शर्माले बुधबार मन्त्रिपरिषद्का बैठकका निर्णय सार्वजनिक गर्दै उक्त जानकारी गराएकी हुन्।

मन्त्रीहरू र अन्य उच्चपदस्थ कर्मचारीहरूले अब उप्रान्त अत्यावश्यक बाहेक वैदेशिक भ्रमणमा जान नपाउने निर्णय गरिएको उनले बताइन्।

मन्त्रिपरिषद्को बैठकले पूर्वमुख्यसचिव लीलामणि पौड्यालको संयोजकत्वमा गठित उच्चस्तरीय तलब सुविधा आयोगको प्रतिवेदन कार्यान्वयनका लागि प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका सचिवको संयोजकत्वमा कार्यान्वयन सहजीकरण समिति गठन गर्ने निर्णय पनि गरेको मन्त्री शर्माले बताइन्।

त्यस्तै बैठकले यती एयरलाइन्सको विमान दुर्घटना जाँच आयोगको म्याद ४५ दिन थप गर्ने निर्णय पनि गरेको प्रवक्ता शर्माले बताइन्।

त्यस्तै सेनाको महासेनानी पद १ र सहायक रथी पद १ मा बढुवा गरी पदस्थापन गर्ने, नेपाल र अमेरिका अध्ययन भिसा शुल्कमा एकरूपता कायम गर्ने निर्णय पनि मन्त्रिपरिषद्को बैठकले गरेको छ।

प्रकाशित: १ चैत २०७९ १६:३४ | Wednesday, March 15, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast