मन्त्रीबारे छलफल गर्न कांग्रेसले बोलयो कार्यसम्पादन समितिको बैठक

हिमाल प्रेस १६ चैत २०७९ ७:१६ | Thursday, March 30, 2023
मन्त्रीबारे छलफल गर्न कांग्रेसले बोलयो कार्यसम्पादन समितिको बैठक फाइल तस्बिर।

काठमाडौँ- नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बिहीबार बस्दैछ।

पार्टी कार्यालय बीपीनगर सानेपामा बिहान ११ बजेका लागि बैठक बोलाएको केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

पार्टीबाट सरकारमा सहभागी हुने नामको टुंगो लगाउन कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको हो। यसअघि गत मंगलबारका लागि बोलाइएको बैठक सत्ता साझेदारबीच मन्त्रालय भागबन्डा सहमति नजुट्दा दुई दिन पछि सारिएको हो।

यसअघि बुधबार सत्ता गठबन्धन दलहरूले मन्त्रालय भागबन्डाको संख्यामा सहमति जुटाएका थिए। बिहीबार बिहान पुनः बैठक बसेर मन्त्रालय भागबण्डाबारे टुंगो लगाएसँगै कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठकमार्फत मन्त्रीको टुंगो लगाउन लागेको हो।

कांग्रेस उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा सरकारमा सहभागी हुने सम्भावना छ। मन्त्रीका आकांक्षी धेरै भएकाले पहिलो चरणमा क-कसलाई पठाउने भन्ने बारे छलफल हुनेछ।

प्रकाशित: १६ चैत २०७९ ७:१६ | Thursday, March 30, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast