काठमाडौँ- आज मन्त्रिपरिषद् विस्तार गर्ने तयारी चलिरहेको छ। ३ बजेसम्ममा शपथ गराउने कार्यक्रम तय भएको छ। तर प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भने व्यस्तताका बीच नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडा पुगेका छन्।
कांग्रेससहितका दलहरूले मन्त्री बन्नेहरूको सूची बुझाएपछि प्रचण्ड अहिले पेरिसडाँडा पुगेका छन्। मन्त्रिपरिषद् विस्तार केही ढिला हुने प्रधानमन्त्री निकट स्रोतको भनाइ छ।
उनी पेरिसडाँडामा अखिल नेपाल महिला संघ क्रान्तिकारीको चौथो केन्द्रीय समिति बैठकलाई सम्बोधन गरिरहेका छन्।
प्रकाशित: १७ चैत २०७९ १३:२८ | Friday, March 31, 2023
प्रतिक्रिया



