मन्त्रालय भागबन्डाका लागि सत्ता गठबन्धनको बैठक बस्दै

हिमाल प्रेस १५ चैत २०७९ ८:०६ | Wednesday, March 29, 2023
मन्त्रालय भागबन्डाका लागि सत्ता गठबन्धनको बैठक बस्दै फाइल तस्बिर

काठमाडौँ- मन्त्रालय भागबन्डा मिलाउन सत्ता गठबन्धनको बैठक आज पनि बस्दै छ। बैठक बिहान नौ बजेका लागि बोलाइएको छ।

हिजो बेलुका बसेको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड’ले सत्ता साझेदार दलका नेताहरुलाई सरकारको न्युनतम साझा कार्यक्रमको मस्यौदा वितरण गरेका थिए। त्यो मस्यौदामा आजको बैठकमा नेताहरुले आ-आफ्ना राय सुझाव प्रस्तुत गर्ने छन्।

त्यसपछि न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रुप दिने दलहरूको तयारी छ।

न्यूनतम साझा कार्यक्रममाथि छलफल भएपछि मन्त्रिपरिषद विस्तारबारे छलफल हुने नेपाली कांग्रेसका नेता रमेश लेखकले बताए ।

प्रकाशित: १५ चैत २०७९ ८:०६ | Wednesday, March 29, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast