मदिराको विज्ञापन नगर्न सञ्‍चारमाध्यमहरूलाई विज्ञापन बोर्डको निर्देशन

हिमाल प्रेस २८ फागुन २०७९ २०:०६ | Sunday, March 12, 2023
मदिराको विज्ञापन नगर्न सञ्‍चारमाध्यमहरूलाई विज्ञापन बोर्डको निर्देशन

काठमाडौँ- विज्ञापन बोर्डले सञ्चारमाध्यमहरूलाई मदिराका विज्ञापन हटाउन निर्देशन दिएको छ। बोर्डले आइतबार एक विज्ञप्ति जारी गर्दै सर्वोच्च अदालतबाट फागुन ११ गते भएको आदेश अनुसार मदिराको विज्ञापन नगर्न निर्देशन दिएको हो।

‘सर्वोच्च आदलतबाट फागुन ११ गते कुनै पनि सञ्चारमाध्यमबाट मदिराको विज्ञापन नगर्नु, नगराउनु तथा त्यसको अनुगमन गरी दुई महिनाभित्र बोर्डले अनुगमन प्रतिवेदन सर्वोच्च अदालतमा पेश गर्नु भनी अन्तरिम आदेश भएको थियो,’ बोर्डले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

सो विषयमा बोर्डको शुक्रबार बैठक बसेको र मदिराका विज्ञापन प्रकाशन प्रसारण नगर्न निर्देशन दिने निर्णय गरिएको बोर्डले जानकारी दिएको छ। ‘विज्ञापन बोर्डको फागुन २६ गते बसेको बैठकले विज्ञापनदाता, विज्ञापन एजेन्सी, छापा, विद्युतीय, डिजिटल माध्यमका साथै सामाजिकबाट समेत मादक पदार्थको विज्ञापन प्रकाशन तथा प्रसारण नगर्न, नगराउन निर्देशन जारी गर्ने निर्णय भएकाले कुनै पनि सञ्चारमाध्यमबाट अब उप्रान्त मदिराको विज्ञापन नगर्नु नगराउनु हुन सम्बन्धित सबैमा जानकारी गराइन्छ’ विज्ञप्तिमा थप भनिएको छ।

बाह्य विज्ञापन अर्थात् होर्डिङ बोर्डमा समेत मदिराका विज्ञापन गर्न नपाइने भएकाले त्यस्ता विज्ञापन तत्काल हटाउन पनि बोर्डले अनुरोध गरेको छ।

सञ्चारमाध्यममा मदिराको विज्ञापन भए नभएको बोर्डले अनुगमन गरिरहेको बोर्डको भनाइ छ। विज्ञापन गरेको पाइएमा विज्ञापन नियमन ऐन २०७६, तथा जनस्वास्थ ऐन २०७५ अनुसार कारबाही गरिने चेतावनी बोर्डले दिएको छ।

प्रकाशित: २८ फागुन २०७९ २०:०६ | Sunday, March 12, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast