मतदान केन्द्रबाट रामचन्द्रले भने : कांग्रेसले मेरो संघर्षको सही मूल्यांकन गर्दैछ

हिमाल प्रेस २५ फागुन २०७९ १२:११ | Thursday, March 9, 2023
मतदान केन्द्रबाट रामचन्द्रले भने : कांग्रेसले मेरो संघर्षको सही मूल्यांकन गर्दैछ

काठमाडौँ- राष्ट्रपति पदका लागि उम्मेदवार रामचन्द्र पौडेलले नेपाली कांग्रेसले आफ्नो राजनीतिक संघर्षको सही मूल्यांकन गर्दै मतदाताले निर्वाचित गराउने बताए।

उनले आज नयाँ बानेश्वरस्थित संसद् भवनमा राष्ट्रपतिका लागि मतदान गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै आफू निर्वाचित हुनेमा विश्वास व्यक्त गरे।

उनले भने, ‘संघीय तथा प्रदेशसभाका सदस्यले मलाई मत दिनुहुने पूर्ण विश्वास छ। उहाँहरूले मेरो लामो संघर्षको सही मूल्यांकन गर्नुहुने विश्वास छ।’

प्रकाशित: २५ फागुन २०७९ १२:११ | Thursday, March 9, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast