भूमिहीनद्वारा राष्ट्रिय भूमि आयोग धनुषामा तालाबन्दी

हिमाल प्रेस ३० फागुन २०७९ २०:११ | Tuesday, March 14, 2023
भूमिहीनद्वारा राष्ट्रिय भूमि आयोग धनुषामा तालाबन्दी

जनकपुरधाम- भूमिहीन तथा सुकुम्बासीहरूले राष्ट्रिय भूमि आयोग धनुषामा तालाबन्दी गरेका छन्। चुरे तथा वनजंगल संरक्षण अभियानताहरूको अगुवाईमा भइरहेको जनआवाज अभियानका धनुषा जिल्ला संयोजक जुगति यादवको नेतृत्वको टोलीले जनकपुरधामस्थित राष्ट्रिय भूमि आयोग धनुषा कार्यालयमा तालाबन्दी गरेको हो।

भूमिहीनलाई जग्गा उपलब्ध गराउनुपर्ने र ऐलानी जग्गामा बस्नेलाई लालपूर्जा उपलब्ध गराउन आयोगको गठन भए पनि आयोगले त्यसतर्फ चासो नदेखाएकाले तालाबन्दी गर्न बाध्य भएको अभियानका संयोजक यादवले बताए।

आफूहरूले लामो समयदेखि माग गर्दै आए पनि आयोगले वेवास्ता गरेको आरोप यादवले लगाए। ‘भूमिहीन सुकुम्बासीहरू आफ्नो अधिकारका लागि १९ दिनदेखि निरन्तर २४ घण्टे धर्नामा छन्,’ उनले भने, ‘यतिका दिनसम्म पनि कुनै चासो नदेखाएपछि तालाबन्दी गर्न बाध्य भएका छौँ।’

प्रकाशित: ३० फागुन २०७९ २०:११ | Tuesday, March 14, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast