 
                             
                                            काठमाडौँ- गायक आरसी रिमाल र गायिका अन्जु पन्तको स्वरमा ‘भिर माहुरी’ गीत सार्वजनिक भएको छ। गीतमा मोहन थापाको शब्द र गायक आरसीकै संगीत रहेको छ।
गीतमा अभिनेत्री प्रियंका कार्की र रोशन केसीको अभिनय रहेको छ। भिजन शिवाकोटीको कोरियोग्राफी तथा निर्देशन रहेको म्युजिक भिडियोमा प्रियंका र रोशनको नृत्य देख्न सकिन्छ।
उत्सव दाहालको छायांकन रहेको भिडियोको सम्पादन विकास दाहालले गरेका हुन्। गीत ‘नेपमेलो’ युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ।
                            प्रकाशित: २६ फागुन  २०७९ १६:०२ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 