 
                             
                                            काठमाडौँ- ब्रिटिस कलेजले आयोजना गरेको ‘द टिबिसी बास्केटबल टोर्नामेन्ट २०२३’ सम्पन्न भएको छ। प्रतियोगिताको उपाधि जेभियर इन्टरनेसनल कलेजले जितेको छ। २६ फेब्रुअरीबाट सुरु भएको प्रतियोगितामा विभिन्न २० कलेजको सहभागिता थियो।
‘द टिबिसी बास्केटबल टोर्नामेन्ट २०२३’ विजेता जेभियर इन्टरनेसनल कलेजले नगद ५० हजार रुपैयाँ जितेको छ। त्यस्तै उपविजेता हेराल्ड कलेजले नगद २५ हजार रुपैयाँ जितेको छ।
प्रतियोगितामा सर्वाधिक स्कोररको अवार्ड हेराल्ड कलेजका तेन्जिन शेर्पाले पाए। उत्कृष्ट प्रशिक्षकको अवार्ड जेभियर इन्टरनेसनल कलेजका निर्पेश श्रेष्ठले पाए। प्रतियोगितामा उत्कृष्ट खेलाडीको अवार्ड जेभियर इन्टरनेसनल कलेजका तेन्जिन भुटियाले प्राप्त गरे।
प्रतियोगिताको प्रायोजक होण्डा, हाइ कल्चर्ड, नेको इन्सुरेन्स लिमिटेड, ललितपुर हाइ, बयोधा हस्पिटल प्रा लि, द ग्रेट माया, लिजास क्याफे, हुप्स एण्ड मुभ्स थिए। त्यस्तै टाइटल प्रायोजक ग्लोबल रिच कन्स्लटेन्सी रहेको थियो।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 