 
                             
                                            बुटवल- बुटवल वहुमुखी क्याम्पसमा अनेरास्ववियुले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा प्यानल नै निर्वाचित भएको छ।
मंगलबार सकिएको मतपरिणाम अनुसार अध्यक्ष पदमा अनेरास्ववियुका उम्मेदवार दुर्गाबहादुर एमसी विजयी भएका हुन्। एमसीले १२ सय १४ मत ल्याएर नेकपा माओवादी निकट अखिल क्रान्तिकारीका शिवबहादुर खवासलाई हराए।
शिवले ६३५ मत पाए। नेपाल बिद्यार्थी संघका सागर पौडेल तेस्रो स्थानमा छन्। उनले ४७४ मत पाए। त्यसैगरी सचिव पदमा अनेरास्ववीयुका उम्मेदवार निलकण्ठ पाण्डेय, कोषाध्यक्ष पदमा अनेरास्ववियुका शशांक बस्याल विजयी भएका छन्।
यस्तै सदस्य पदमा पनि अनेरास्ववियुका नविन खनाल, सुचना भण्डारी, सुनिल कार्की, भुकम्प अर्याल, बिमल कुमार पासी, सागर एमसी र प्रज्वल बस्नेत विजयी भएका छन्।
कुल ७ हजार ११० विद्यार्थी मतदाता रहेको क्याम्पसमा २ हजार ६ सय ८१ मत खसेको थियो। यसअघिका स्ववियु पनि अनेरास्ववियुले जित्दै आएको थियो।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 