बिहानैदेखि मिटरब्याजी पीडितले थाले विरोध प्रदर्शन

हिमाल प्रेस १४ चैत २०७९ ८:५८ | Tuesday, March 28, 2023
बिहानैदेखि मिटरब्याजी पीडितले थाले विरोध प्रदर्शन फाइल तस्बिर

काठमाडौँ- मिटरब्याजीपीडितहरूले आज बिहानैबाट विरोध प्रदर्शन सुरु गरेका छन्। पीडितहरुले आज बिहानैदेखि काठमाडौंको टंगालमा विरोध प्रदर्शन गरेका हुन्।

तराईका विभिन्न जिल्लाबाट ११ दिनसम्म हिँडेर काठमाडौँ आएका मिटरब्याज पीडितहरूले सोमबार खुलामञ्चअघि प्रदर्शन गएका थिए। आज उनीहरू त्यहाँबाट हिँड्दै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारतर्फ जाने क्रममा विरोध प्रदर्शन गरेका हुन्।

पीडितहरू खुलामञ्चमा बस्नको लागि आएपनि काठमाडौं महानगरपालिकाको नगरप्रहरीले खुलामञ्च प्रवेशमा रोक लगाएपछि उनीहरु खुलामञ्च बाहिरको सडकमा नै सोमवारको रात बिताएका थिए।

पीडितहरूले महानगरपालिकाले खुलामञ्च प्रवेशमा रोक लगाएको भन्दै काठमाडौँका मेयर बालेन साहविरुद्ध नाराबाजी गरेका थिए। उनीहरूले ‘मिटरब्याजीलाई कारबाही गर्, पीडितलाई न्याय दे’, ‘तमसुक व्यवस्था खारेज गर्’लगायतका नारा लगाइ र प्लेकार्ड बोकेर विरोध गरेका छन्।

प्रकाशित: १४ चैत २०७९ ८:५८ | Tuesday, March 28, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast