बिना नक्सापास घर बनाएर व्यवसाय गर्ने व्यक्तिलाई वडा कार्यालयमा बोलाइयो

हिमाल प्रेस १ चैत २०७९ ८:३५ | Wednesday, March 15, 2023
बिना नक्सापास घर बनाएर व्यवसाय गर्ने व्यक्तिलाई वडा कार्यालयमा बोलाइयो काठमाडौँ महानगर

काठमाडौँ- काठमाडौँ महानगरपालिका वडा नम्बर २६ ले गोंगबु क्षेत्रका २६ जना व्यवसायीहरूलाई वडा कार्यालयमा उपस्थित हुन आग्रह गरेको छ।

गोंगबुस्थित गल्फ रियल स्टेट प्रालिका नाममा दर्ता कायम रहेका ९ कित्ता जग्गामा नक्सापास बिनै निर्माण भएका घर टहरामा व्यवसाय गर्दै आएका २६ व्यवसायीहरूलाई १५ दिनभित्र वडा कार्यालयमा उपस्थित हुन भनिएको हो।

ती व्यवसायीहरूले भाडा रकमसमेत नतिरेको पाइएको वडा कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ।

प्रकाशित: १ चैत २०७९ ८:३५ | Wednesday, March 15, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast