बिदेसिनुको पीडा ‘रुँदै हिँड्नु पर्छ’

हिमाल प्रेस २८ फागुन २०७९ १५:०३ | Sunday, March 12, 2023
बिदेसिनुको पीडा ‘रुँदै हिँड्नु पर्छ’

काठमाडौँ– सुवास खत्री, सुनिता बुढा क्षेत्री र समीक्षा अधिकारीको संयुक्त स्वरमा ‘रुँदै हिँड्नुपर्छ’ बोलको गीत सार्वजनिक भएको छ। सुजित खत्रीको शब्द रहेको गीतमा हेमन्त कान्छा रसाइलीले संगीत भरेका छन्।

विशाल घिमिरेको निर्देशनमा बनेको गीतको भिडियोमा सारिका केसी र दिनेश पुरीको अभिनय छ।

गीतको भिडियोले घर परिवार त्यागेर बिदेसिनुपर्ने नेपालीको बाध्यतालाई उजागर गरेको छ। शब्दले पनि उनीहरूकै कथा भनिरहेको छ। नवीन घर्तीमगरको सम्पादन रहेको गीतको भिडियो नवराज उप्रेतीको छायांकनमा निर्माण भएको छ। गीत शनिबार खत्री सुवास युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो।

प्रकाशित: २८ फागुन २०७९ १५:०३ | Sunday, March 12, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast