बाबुराम भट्टराई भन्छन्, मिटरब्याजपीडितको कथा सुन्दा कसको आँसु नझर्ला र!

हिमाल प्रेस १५ चैत २०७९ १३:५६ | Wednesday, March 29, 2023
बाबुराम भट्टराई भन्छन्, मिटरब्याजपीडितको कथा सुन्दा कसको आँसु नझर्ला र!

काठमाडौँ– पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले मिटरब्याजपीडितको कथा सोचेभन्दा गम्भीर रहेको बताएका छन्। उनले बुधबार पीडितहरूसँगको भेटपछि सामाजिक सञ्जालमार्फत यस्तो धारणा व्यक्त गरेका हुन्।

उनले लेखेका छन्, ‘सुदखोरको धम्कीले सात महिनादेखि स्कुल जान नसकेकी १३ वर्षीया बालिका, नक्कली मुद्दामा अदालतबाट समेत असुरक्षित बनेर घर छोड्न बाध्य दलित महिलाको दर्दनाक व्यथा सुन्दा कसको आँसु नझर्ला र!’

भट्टराईले न्याय माग्न राजधानी आएका पीडित नागरिकको तत्काल सुरक्षा, सुदखोरका जाली तमसुक जफत, झुट्टा मुद्दाका अदालती प्रकृया स्थगन, उच्चस्तरीय आयोगबाट छानबिन गर्न उनले सरकारसँग माग गरेका छन्। भट्टराईले भनेका छन्, ‘कडा कानुन बनाएर सुदखोरी प्रथाको अन्त्य, विपन्न जनतालाई सरल र सुलभ कर्जाको पहुॅच आदि दीर्घकालीन काम सरकारले तदारूकतासाथ गरोस्।’

नयाँ होइनन् मिटरब्याज पीडितका समस्या, उजुरीका चाङ उहिल्यैदेखि

प्रकाशित: १५ चैत २०७९ १३:५६ | Wednesday, March 29, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast