बागमतीका मुख्यमन्त्रीले विश्वासको मत लिँदै, एमाले सत्ता छाड्दै

हिमाल प्रेस १० चैत २०७९ ७:१० | Friday, March 24, 2023
बागमतीका मुख्यमन्त्रीले विश्वासको मत लिँदै, एमाले सत्ता छाड्दै मुख्यमन्त्री।

काठमाडौँ- बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज विश्वासको मत दिन लिँदैछन्। गत बुधबार (हिजो) नै मुख्यमन्त्रीले विश्वासको मत लिने तयारी गरे पनि नेपाली कांग्रेस तयार नभएपछि रोकिएको थियो।

कांग्रेस तयार देखिएपछि आज फेरि विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री जम्कट्टेल छन्।
कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता बाहादुरसिंह लामाले शुक्रबारको बैठकमा उपस्थित भएर मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत दिने बताए।

तत्काल प्रदेश सरकारलाई वैधानिकता दिनुपर्ने भएकाले विश्वासको मत दिन लागेको पनि लामाले स्पष्ट पारे । तर, उनले प्रदेश सरकारको नेतृत्वमा कांग्रेसको दाबी भने कायमै रहेको बताए ।

बागमती प्रदेश सरकारमा रहेको एमालेले शुक्रबारबाट सरकार छोड्ने भएको छ । एमाले बागमती प्रदेश संसदीय दलका सचेतक मधुसूदन पौडेलले एमालेका मन्त्रीहरूले शुक्रबारको बैठकमा उपस्थित भएर आफ्नो धारणासहित सरकारबाट बाहिरिएको घोषणा गर्ने जानकारी दिए।

प्रकाशित: १० चैत २०७९ ७:१० | Friday, March 24, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast