बाँकेमा सामुदायिक वनका अध्यक्षसहित आठ जना पक्राउ

हिमाल प्रेस ९ चैत २०७९ १०:२४ | Thursday, March 23, 2023
बाँकेमा सामुदायिक वनका अध्यक्षसहित आठ जना पक्राउ सांकेतिक तस्बिर।

बाँके- राप्तीसोनारी गाउँपालिका-५, बिनौनास्थित सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष भोला थारुसहित आठ जनालाई प्रहरीले पक्राउ गरेको छ। घाटगद्दीमा रहेको करिब ५२ लाख रुपैयाँ बराबरको सामुदायिक वनको काठ हिनामिना गरेको स्थानीयले उजुरी गरेपछि उनीहरूलाई पक्राउ गरिएको हो।

जिल्ला वन कार्यालय, बाँकेका सहायक वन अधिकृत गणेश खड्काका अनुसार सयम भवानी सामुदायिक वन उपभोक्ता समितिका सचिव आरती वैश्य, कोषाध्यक्ष मैयासरी थारु, सदस्य कमला केसी, मानबहादुर विक, रामकली थारु, खडगबहादुर ओली र शिवकुमारी थारुलाई वन कार्यालयको हिरासतमा राखिएको छ।

आठै जनामाथि घाटगद्दीमा राखेको काठ, दाउरा हिनामिना गरेको अभियोगमा मुद्दा चलाइने भएको छ। ‘काठ, दाउरा बेचेको हिसाब पनि छैन। खातामा समेत पैसा देखिँदैन,’ अधिकृत खड्काले भने।

साल, अस्ना, कर्मा, जामुन, शिरिषलगायत जातका काठका गोलिया बेचबिखन गरेको वन कार्यालयले जनाएको छ। उनीहरूलाई जिल्ला अदालत, बाँकेबाट अनुमति लिएर प्रहरीले पक्राउ गरी वन कार्यालयलाई बुझाएको हो।

प्रकाशित: ९ चैत २०७९ १०:२४ | Thursday, March 23, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast