बसको ठक्करले स्कुटर चालकको मृत्यु

हिमाल प्रेस ३ चैत २०७९ १२:४२ | Friday, March 17, 2023
बसको ठक्करले स्कुटर चालकको मृत्यु सांकेतिक तस्बिर।

पोखरा- बसको ठक्करबाट पोखरामा एक युवतीको मृत्यु भएको छ। शुक्रबार बिहान चिप्लेढुंगामा ग १ ख ७१०८ नम्बरको बसले ग १९ प ९९८९ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक दीक्षा कार्कीको मृत्यु भएको हो।

झापाको दमक-४ घर भई हाल पोखरा-५, पर्स्याङ बस्दै आएकी २४ वर्षीया कार्कीको उपचारार्थ अस्पताल लगिए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।

बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको कास्की प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए।

प्रकाशित: ३ चैत २०७९ १२:४२ | Friday, March 17, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast