बलिउड राजनीतिकी सिकार प्रियंका

हिमाल प्रेस १६ चैत २०७९ १७:३० | Thursday, March 30, 2023
बलिउड राजनीतिकी सिकार प्रियंका

काठमाडौँ- बलिउड र हलिउड दुवैतिर सफलता हात पारेकी अभिनेत्री हुन्, प्रियंका चोपडा। सन् २००२ मा हिन्दी फिल्म ‘हिरो’बाट बलिउडमा प्रवेश गरेकी उनी सन् २०१० मा हलिउडतिर लागेकी हुन्। सन् २०१२ मा उनका ‘इन माई सिटी’ र ‘एक्सोटिक’ अंग्रेजी गीत सार्वजनिक भएका थिए। यी गीतबाट प्रियंकाले हलिउडमा आफ्नो सांगीतिक करियर सुरु गरेकी थिइन्।

सन् २०१५ मा अमेरिकी वेब सिरिज ‘क्वान्टिको’मा देखिएयता प्रियंका हलिउडमै बढी सक्रिय छिन्। बलिउडमा खासै काम गरेकी छैनन्। हालै एक अन्तर्वार्तामा उनले बलिउड छोड्नुको कारण खुलाएकी छन्। बलिउडमा हुने राजनीतिबाट वाक्क भएर करियरको खोजीमा हलिउडतिर लागेको उनले बताएकी छन्। डेक्स सेफर्डको पोडकास्ट ‘आर्मचेयर एक्सपर्ट’ मा प्रियंकाले बलिउडमा आफूमाथि विभेद भएको बताएकी छन्।

‘बलिउडमा मलाई कुनातिर धकेलियो, उनीहरू खेल खेलिरहेका थिए। उनीहरूको राजनीतिबाट म थाकिसकेको थिएँ,’ अन्तर्वार्तामा उनले भनेकी छन्, ‘त्यसपछि लाग्यो मलाई यहाँबाट ब्रेक लिनुपर्छ।’ बलिउड हुँदा आफ्नो करियर नै जोखिमा परेको उनले बताएकी छन्। ‘मलाई कामबाट टाढा राख्ने चलखेल भए,’ उनले भनेकी छन्, ‘काम नगर्ने वातावरण सिर्जना बनाइँदैथ्यो।’ छिट्टै प्रियंका हलिउड फिल्म ‘लभ अगेन’मा देखिनेछिन्। हलिउड वेब सिरिज ‘सिटाडेल’मा पनि उनले अभिनय गरेकी छन्।

प्रकाशित: १६ चैत २०७९ १७:३० | Thursday, March 30, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast