फोर्डको नेक्स्ट जेन एभरेष्ट सार्वजनिक

हिमाल प्रेस १८ फागुन २०७९ १६:५४ | Thursday, March 2, 2023
फोर्डको नेक्स्ट जेन एभरेष्ट सार्वजनिक

काठमाडौँ– नेपालका लागि फोर्ड गाडीको आधिकारिक विक्रेता जीओ अटोमोबाइल्स् प्रालिले एभरेष्टको नयाँ संस्करण सार्वजनिक गरेको छ।

नेक्स्ट जेन फोर्ड एभरेष्टमा २.० लिटरको बी-टर्बो डिजेल इन्जिनमा उपलब्ध छ। १० स्पिड अटोमेटिक ट्रान्समिसनका साथ उपलब्ध यस एसयूभीले २१० पीएस पावर र ५०० एनएम टर्क प्रदान गर्दछ।

यसमा पूर्ण चौडाइको कोस्ट-टू-कोस्ट इन्स्टुमेन्ट प्यानल, वायरलेस चार्जिङ र इलेक्ट्रिक पार्किङ ब्रेकजस्ता सुविधा छन्।

नेक्स्ट जेन एभरेष्टको दोस्रो र तेस्रो पंक्तिको सीट सुरक्षित र लामो यात्राको लागि फ्ल्याट फोल्ड डिजाइन गरिएको छ। जसमा ७ जनाले सहज यात्रा गर्न सकिन्छ।

सुरक्षाको लागि यसमा ७ वटा एयर ब्याग राखिएको छ। एभरेष्टमा बाटो अनुकूलको ड्राइभ मोड रहेको छ। यसमा १२ इन्चको पोट्र्रेट टचस्क्रिन र १२.४ इन्चको डिजिटल इन्स्टुमेन्ट प्यानल छ।

फोर व्हील ड्राइभमा उपलब्ध उक्त गाडीमा रुफ रेल्स, एलइीडी हेड ल्याम्पलगायतको व्यवस्था छ। एभरेष्टको अफ-रोड स्क्रिनले सवारी साधनको जानकारी र अगाडिको दृश्य क्यामेरामा देखाउँछ।

यसको मूल्य २ करोड १७ लाख रुपैयाँ तोकिएको छ। जीओ अटोमोबाइल्सका प्रबन्ध निर्देशक आकाश गोल्छाले नेक्स्ट जेन फोर्ड एभरेष्ट उत्कृष्ट क्षमताका साथ प्रभावशाली सुविधा भएको शक्तिशाली एसयूभी भएको बताए।

प्रकाशित: १८ फागुन २०७९ १६:५४ | Thursday, March 2, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast