फेरि बढ्यो सुनको भाउ

हिमाल प्रेस ७ चैत २०७९ ११:५२ | Tuesday, March 21, 2023
फेरि बढ्यो सुनको भाउ

काठमाडौँ- नेपाली बजारमा आज (मंगलबार) फेरि सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार यसअघि गत आइतबार मूल्यमा ऐतिहासिक रेकर्ड बनाएको सुनको मूल्य सोमबार केही घटेकोमा आज फेरि बढेको हो।

आज सुनको मूल्य तोलामा पाँच सयले बढेको हो। आज छापावाल सुन प्रतितोला एक लाख ९ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ।

यस्तै तेजाबी सुन प्रतितोला एक लाख नौ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ। महासंघकाअनुसार आज चाँदीको मूल्य पनि बढेको छ।

आज चाँदी तोलामा १९ रूपैयाँले बढ्दै प्रतितोला १,३४० रुपैयाँमा कारोबार भइरहेको छ।

प्रकाशित: ७ चैत २०७९ ११:५२ | Tuesday, March 21, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast