फेकनले लुम्बिनीमा गठन गर्‍यो शाखा

हिमाल प्रेस ६ चैत २०७९ ११:१७ | Monday, March 20, 2023
फेकनले लुम्बिनीमा गठन गर्‍यो शाखा

काठमाडौँ- स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल (फेकन)ले लुम्बिनी प्रदेश शाखा गठन गरेको छ। दाङको घोराहीमा एक कार्यक्रम गर्दै फेकनले सौरभ शर्मा संयोजक रहने गरी ११ सदस्यीय तदर्थ समिति गठन गरेको हो।

समितिको सदस्यमा ओमप्रकाश रिजाल, अर्जुन खड्का, सेबक भट्टराई, मानसिंह वली, राजेश गौतम (रोनिश), डिल्लीराज डांगी, निर्मला भण्डारी, रमेश गौतम, आशिष ओली, सुमन शर्मा रहेका छन्।

कार्यक्रममा फेकन उपाध्यक्ष प्रज्वल बस्नेत, फेकनकै उपाध्यक्ष एवं संगठन विभाग प्रमुख हेमन्तराज दुलाल, सचिव छविन्द्र ओझा, कोषाध्यक्ष अनिल शर्मा, केन्द्रीय प्रतिनिधि आरसी केसी लगायतको उपस्थिति थियो।

फेकनले आफ्नो शाखा विस्तार अभियानलाई तीव्रता दिएको छ। यसअघि फेकनले कोशी प्रदेश शाखा विस्तार गरेको थियो।

प्रकाशित: ६ चैत २०७९ ११:१७ | Monday, March 20, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast